असोज १० देखि दर्शनार्थीका लागि खुल्ला गरिदै मुक्तिनाथ मन्दिर

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द रहेको मुक्तिनाथ मन्दिर असोज १० गतेदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ लामो समयदेखि दर्शनार्थीका लागि बन्द गरिएको थियो । धार्मिक एवम पर्यटकिय क्षेत्रको रुपमा स्थापित मुक्तिनाथ मन्दिर खुल्ने भएपछि होटल व्यवसायी तथा स्थानिय खुशी भएका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.