तिलाठी कोइलाडी उपाध्यक्षमा एमालेबाट दिब्या झाको चर्चा

सप्तरी । अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुदैँ छ । निर्वाचन मिति नजिकिदै गर्दा पालिकामा उम्मेदवार छनौट प्रक्रियामा राजनीति दलहरू कसरतमा लागेका छ्न्।

आयोगले निर्वाचनकाे कार्यतालिका सार्वजनिक गरिसकेको छ । यसैबीच सप्तरीका विभिन्न पालिकामा राजनीतिक दलहरूले आफ्नो दलबाट उम्मेदवार छनौट प्रक्रिया अगाडि बढाइएका छन्।नेकपा (एमाले) सप्तरीले प्रत्येक पालिकामा उम्मेदवार छनौट गरि पठाउने व्यवस्था गरेको छ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा सम्भावित उम्मेदवारहरुको नामावली सार्वजनिक भएको छ। गाउँ कमिटीले सो पालिकामा पदाधिकारी पदको सम्भावित उम्मेदवारको टुङ्गो लगाएको हाे।

कमिटीले प्रमुखमा एकल उम्मेदवारको रुपमा प्रदिप मंडललाई अगाडि सारेको छ भने पालिका प्रमुख पदमा मंडल बाहेक आङ्काक्षी छैन।

यसैगरी उपाध्यक्ष पदमा दिब्या सोनम झाको नाम अगाडि सारिएको छ। उपाध्यक्षमा अझै आङ्काक्षी हुने पार्टी स्रोतले जनाइएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.