आमा बनेको खुसी सामाजिक सञ्जालमा साट्दै प्रियंका कार्की

काठमाडौं । नायिका प्रियंका कार्की आमा बनेकी छिन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । प्रियंकाले आफ्नो छोरीको नाम आयंका कार्की राखेकि छिन् । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि. सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए । पहिलो चरणको लकडाउनपछि प्रियंका गर्भवती भएकी थिइन् । गर्भवती भएपछि प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा र आलोचना भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.