'पढ्दै कमाउँदै' कार्यक्रमका लागि १४० विद्यालय छनोट

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमका लागि छनोट भएका १४० विद्यालयको सूची सार्वजनिक गरेको छ ।

शिक्षा मन्त्रालयले देशभरका स्थानीय तहमार्फत सामुदायिक विद्यालयसँग प्रस्ताव मागेकोमा यही चैत ८ को निर्देशक समितिको बैठकले ती विद्यालय छनोट गरेको स्रोतले जनाएको छ । 

प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो ।

सोही अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।

छनोट भएका विद्यालयलाई सरकारले अनुदान दिनेछ । सोही अनुदान रकमका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.