काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा दिन जानेले परीक्षार्थीले परीक्षा हलमा मोबाइल लिन नपाउने भएका छन् ।
शिक्षक आयोगले विद्यालय तहका माध्यमिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा सञ्चालन गरिरहेको छ ।
प्रवेशपत्रमा परीक्षा हलमा जाँदा मोबाइल फोन लिन नपाउने निर्देशन उल्लेख भए पनि धेरै परीक्षार्थीले लिएको पाइएपछि आयोगले सूचना जारी गरेकाे हाे ।
आयोगले सार्वजनिक गरेको सूचनामा परीक्षालाई मर्यादित बनाउने कार्यमा मोबाइल फोनलगायतका एलेक्ट्रोनिक डिभाइस साथमा नलैजान भन्दै लगेमा परीक्षा केन्द्रमा रहेका कर्मचारीबाट जफत हुन सक्ने चेतावनी दिएको छ ।
