नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवकाे पाँचाैं संस्करण जारी

काठमाडौं ।  ‘विश्वभरका कथाको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ बिहीबारदेखि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करण सुरु भएको छ । हिजो पहिलो दिन पुरु लम्सालद्धारा निर्देशित वृत्तचित्र ‘गोरु पर्व’ प्रदर्शन गरि महोत्सवको उद्घाटन गरिएको थियाे ।

महोत्सव अवधिभर ३८ देशका ८९ वटा चलचित्र, वृत्तचित्र र एनिमेटेड चलचित्र प्रदर्शन एवम् प्रतिस्पर्धा हुनेछ । ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा–छोटा चलचित्र, वृत्तचित्र तथा एनिमेटेड चलचित्रबीच ७ वटा विधामा प्रतिस्पर्धा हुने र उत्कृष्टताका आधारमा १४ वटा पुरस्कार वितरण गरिने आयोजक टिमले जनाएको छ ।

गत वर्ष कोरोना महामारीका कारण भर्चुअल रुपमा निफ आयोजना गरिएको थियो ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव काठमाडौंको राष्ट्रियसभा हलमा चैत २१ गतेसम्म चल्ने छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.