चितवन । चितवन मेडिकल कलेजका निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्नमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
केन्दीय अनुसन्धान ब्यूरोका (सीआइबी)का टोलीले उनलाई नुवाकोटबाट पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा राजेन्द्र पण्डित रहेका छन् । प्रहरीक अनुसार उनी अपहरितलाई राख्ने घरको व्यवस्थापन कार्यमा संलग्न थिए ।
राजेन्द्रलाइ पुनरावेदन अदालत, हेटौंडा इजलासले उनलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
अपहरणकारी रोहित पालिवान र भीमसेन सहितका समुहले २०६७ जेठ ४ मा अस्पतालबाट घर फर्कदै गरेका तत्कालीन निर्देशक श्रेष्ठको अपहरण गरेका थिए । फिरौतीमा भने उनीहरुले तीन किलो ६ सय ग्राम सुन असुलेका थिए ।
सुन लिन भने रोहित गएका थिए । उनीहरुको समूहले त्यसवेला भीओआईपी कलबाइपासको प्रयोग गरेर परिवारसँग सम्पर्क गर्ने गरेको थियो । जसका कारण प्रहरीले फोन कहाँबाट आयो भन्ने थाहा पाउन सकेन । परिवारले अपहरणकारीलाई फिरौती रकम बुझायो ।
प्रकरणमा रोहितलाई अपहरणमा फिरौतीवापत लिइएको १ करोड ८ लाख ५० हजार रुपैयाँ बिगो र त्यसबराबरको जरिवाना र १५ वर्ष कैद सजाय सुनाएको थियो । पालिवाल भने पक्राउ गरिसकेका छन् । मोबाइल र सञ्चारका अन्य साधनबाट टाढा रहेका कारण प्रहरीले भिमसेनलाई पक्राउ गर्न सकेको छैन । उनको श्रीमतीसँग पनि डिभोर्स भइसकेको छ । वेलावेला उनी नुवाकोट आउने गरे पनि प्रहरीले समात्न सकेको छैन ।