काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले एमसिसी आफ्नो प्राथमिकताको विषय नभएको बताएका छन् ।
बुधबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणका क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् । मन्त्री खड्काले राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणको क्रममा मन्त्री खड्काले भने, ‘एमसीसी मेरो खासै प्राथमिकतामा छैन,अमेरिका भ्रमण केवल संयुक्त राष्ट्र संघीय महासभामा भाग लिने र राष्ट्रसंघको सभामा सार्कराष्ट्रका पदाधिकारीसँग सम्बन्ध बढाउने मेरो प्राथमिकता हुनेछ।’
नेपालमा एमसिसीको बहस चलिरहेका बेला कांग्रेसले आफ्नो कोटाबाट परराष्ट्रमन्त्री बनाउनु र मन्त्री बनाएसँगै अमेरिका पठाउनुलाई निकै महत्वका साथ हेरिएको छ । कांग्रेस एमसिसी पास गर्नुपर्छ भन्नेमा दह्रो रुपमा उभिएको छ ।
केही दिनअघि एमसिसी उपाध्यक्ष फातिमा सुमार नेपाल आएकी थिएन् । सो क्रममा गठबन्धनका अन्य नेताले यथास्थितितमा एमसिसी पास गर्न नसक्ने बताएका थिए ।