राष्ट्रिय युवा संघको छोटा/लघु चलचित्र प्रतियोगिताको ग्राण्ड फिनाली सोमबार

काठमाडौ । राष्ट्रिय युवा संघ नेपालको छोटा/लघु चलचित्र प्रतियोगिताको ग्राण्ड फिनाली कार्यक्रम २१ गते (सोमबार) हुने भएको छ । 

'म केहि गर्छु' थिम सहित युवाहरुको सकरात्मक सोच र प्रतिभा प्रस्फुटन गर्दै युवा संघले आयोजना गरेको उक्त ग्राण्ड फिनाली कार्यक्रम नेपाल चलचित्र विकास बोर्ड चावहिलमा अपराहन्न ४ बजे हुने जानकारी युवा संघले दिएको छ  ।   

युवाहरुको सकरात्मक सोचलाई देश निर्माण प्रयोग गर्न सचेतना फैलाउन र युवाहरुको प्रतिभा प्रस्फुटनका लागि संघले यो प्रतियोगिताको आयोजना गरेको हो ।  

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हुने राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।  

277029449_1973782282823888_5235501762470118886_n.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.