सबैभन्दा ठुलो मतपत्र काठमाडौंको, सानो डोल्पाको 

काठमाडौं ।  काठमाडौं जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाई हुने भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ ।

 ‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुनेछन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.