काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले नफुटेको नभई केही कुँहिएर पात झरेको बताएका छन् ।बुधबार एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्ने क्रममा ७२ दिनदेखि मन्त्रिमण्डलले पूर्णता नपाउनु लोभी पापीको हड्डीको लागि लडाइँ भएको बताउँदै एसपार्टीलाई कुँहिएर झरेको पातको संज्ञा दिएका हुन् ।
‘केही कुँहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् । अदालतले फैसला गर्यो भने यिनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन’ अध्यक्ष ओलीले भने,'पार्टी फुटेको होइन, ‘पार्टीले निकालेको छैन भन्दै पार्टी दर्ता गर्न मिल्छ ? यो ज्यादती हो हामीले अदालतमा मुद्दा दर्ता गरेका छौँ ।'
अर्को प्रसंगमा अध्यक्ष ओलीले माओवादी केन्द्रले गएको निर्वाचनमा ५ वटा सिट ल्याउने अवस्था नहुँदा पनि आफूहरुले ३६ सिट जिताएको बताए । उनले भने,'जुन हातमा दूध र भात दियौं, त्यहीँ हातले प्रचण्डले टोकी दिएका छन् ।' ओलीले पुष्पकमल दाहालको पछि लागेर विनाशको बाटो बाहेक केही नभएको बताए ।