राष्ट्रिय युवा संघकाे ‘एनवाइएफ शर्ट मुभी कम्पिटिशन २०७८’ सम्पन्न

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित ‘एनवाइएफ शर्ट मुभी कम्पिटिशन २०७८’  सम्पन्न भएको छ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सोमबार प्रतियोगिता सम्पन्न भएको हाे ।

उक्त शर्ट मुभी प्रतियोगितामा कुल ७५ प्रतियोगी चलचित्र को सहभागीता रहेको थियाे । प्रतियोगितामा ‘प्रश्न’ नामक लघु चलचित्र प्रथम भएको छ । त्यस्तै एसओपी र खाली सीसीले दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । 

युवाहरुको सकरात्मक सोचलाई देश निर्माण प्रयोग गर्न सचेतना फैलाउन र युवाहरुको प्रतिभा प्रस्फुटनका लागि यो प्रतियोगिताको आयोजना गरिएको युवा संघ नेपालले जनाएको छ ।  

प्रतियोगिताको पहिलो चरणमा ७५ वटा पटकथा चयन गरिएकाे थियाे । त्यस मध्यबाट ४५ वटा पटकथालाई लघु चलचित्र निर्माणका लागि चयन गरिएको हो ।

उक्त ४५ वटा पटकथाबाट १० वटा लघु चलचित्र चयन गरियो र अन्तिममा १० वटा चलचित्र मध्येबाट तीनवटा लघु चलचित्रलाई विजेता घोषणा गरिएको हो ।

विजेता लघु चलचित्रलाई ट्रफी र प्रमाणपत्रसहित क्रमश २ लाख ५० हजार, १ लाख ५० हजार, १ लाखको नगद पुरस्कार प्रदान गरिएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.