संजय दत्तकी छोरीको निलो आँखा बन्यो भाइरल

एजेन्सी । भारतीय बलिवुडको अभिनेता सञ्जय दत्त तीनओट सन्तानका बुबा हुन् । जेठी छोरी त्रिशलापछि उनका जुम्ल्याहा इक्रा र शाहरानका बुबा बनेका थिए ।

अभिनेता अमेरिकामा रहेकी ठूली छोरीलाई भेट्न गएको बेला होस् वा भारतमै रहेका साना छोरीहरुसँग समय बिताउँदाको क्षण आफ्ना सन्तानप्रति सञ्जयको माया प्रष्ट झल्किएको देख्न पाइने डिएनए इन्डियाले लेखेका छने

सामाजिक सञ्जालमा धेरै जसो अरुभन्दा अभिनेता सञ्जय र उनकी छोरी त्रिशलाका तस्बिर भाइरल भएको पाइन्छ । त्यसमा पनि यस पटक संजयकी छोरीमध्ये इक्राले धेरै आकर्षित गरेकी छिन् ।

खबर अनुसार हालै सञ्जयकी पत्नी मान्यता दत्तले इन्स्टाग्राम स्टोरिजमा बुबा–छोरीले कारभित्र खिचेको तस्बिर सेयर गरेकी छिन् । जस्मा इक्रालाई अँगालोमा लिइरहेका सञ्जय र नीलो आँखाले क्यामेरामा हेरिरहेकी इक्रा देखिएका छन्। धेरै मानिसलाई इक्राको निलो आँखाले आकर्षित गरेको छ ।

मान्याताले ड्याड्डीज गर्ल सिटकर लेखिएको स्टिकरसहित तस्बिर सेयर गरेकी हुन् । सोहि तस्बिर आजभोली सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.