कांग्रेस स्थानीय तह प्रचार उपसमितिमा महोत्तरीबाट को-को परे ?

महोत्तरी ।  नेपाली कांग्रेसले देशैभरीका स्थानीय तह निर्वाचनका लागि केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति गठन गरेको छ ।  

केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा महोत्तरीबाट ३ जना मनोनित भएका छन् ।

मनोनित हुनेहरुमा आशाकुमारी यादव, रोशन ठाकुर र मोहन पाण्डे छन् ।  कांग्रेस स्थानीय तह केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा।प्रकाशसरण महतले गोबिन्द भट्टराईको संयोजकत्वमा उक्त उपसमिति गठन गरेका हुन् ।

२२ चैतमा बसेको समितिको निर्णयअनुसार ७७ वटै जिल्लामा सदस्य रहनेगरी उपसमिति गठन गरिएको कांग्रेसले  जनाएको  छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.