कानुनी मन्त्रीमा गोविन्द बन्दी, २ बजे शपथ 

काठमाडौं ।  अधिवक्ता गोविन्द बन्दी  (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । बिहीबार आफूलाई कानुनमन्त्रीमा नियुक्त गरिएको बन्दीले क्विम नेपाललाई जानकारी दिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् । 

नवनियुक्त मन्त्री बन्दीका अनुसार बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्र्यक्रम छ । बन्दी संघीय संसदमा सदस्य छैनन् । ६ महिनाभित्र संघीय संंसदको सदस्यता प्राप्त गर्न नसकेमा स्वतः उनको मन्त्री पद गुम्नेछ । 

277454133_7269299689808711_2291974643452910310_n.png.png

© 2021 Quicknepal.com  |  All Rights Reserved.