सिंहदरबारमा कांग्रेस पदाधिकारी बैठक सुरु

काठमाडौं । नेपाली कंग्रेसको पदाधिकारीको बैठक सुरु भएको छ । सत्तारुढ दलको पदाधिकारीको बैठक सिंहदरबारमा सुरु भएको हो । प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिनेसम्बन्धमा छलफलका लागि सो बैठक बोलाएका हुन् । 

यसअघि हिजोमात्रै परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गरेको छ । र, आफ्नो समूहको भागमा कति जना मन्त्री पर्छन् भनी प्रश्न गरेको छ ।

यसका अलावा पौडेल समूहले शेरबहादुर देउवाले एकलौटी रुपमा मन्त्रिपरिषदमा कांग्रेसबाट मन्त्री बनाएको आरोप लगाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.