दोलखा । दोलखामा ४० वर्षभन्दा माथि उमेर समुहलाई लक्षित गर्दै कोरोना विरुद्धको खोप वितरण सुरु गरिएको छ । ४० वर्षभन्दा माथिकालाई चीनबाट ल्याइएको भेरोसेल खोप लगाउन सुरु गरिएको हो ।
असोज ६ गतेदेखि ११ गतेसम्म जिल्लाका सबै गाउँपालिकामा खोप वितरण गरिने जिल्ला खोप समन्वयन तथा अनुसन्धान समितिले जनाएको छ । ४० वर्षभन्दा माथिकालाई पहिलो मात्रा प्रदान गरिने छ भने पहिलो डोज लिएर बसेकालाई दोस्रो मात्रा पनि उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको गौरीशंकर र विगु गाउँपालिकाका नागरिकलाई चीनले नै खोप उपलब्ध गराउने भएको छ । उक्त गाउँपालिकामा १८ वर्षभन्दा माथिका नागरिकले खोप लिइसकेका छले खोप लिइसकेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले असोज ६ देखि ८ गतेसम्म कालिञ्चोक र मेलुङ गाउँपालिकामा खोप सञ्चालन गरिनेछ र यसैगरी विगु र वैतेश्वर गाउँपालिकामा ७ ९ गतेसम्म, तामाकोशी र गौरीशंकरमा ८ देखि १० गतेसम्म, जिरी र भीमेश्वर नगरपालिकामा १० गते र सैलुङ गाउँपालिकामा ९ देखि ११ गतेसम्म खोप सञ्चालन गरिनेछ ।
साथै १८ वर्ष पूरा भएका सबै विद्यार्थीलाई पनि खोप लगाउन आग्रह गरिएको छ ।