'रेशमैको डोरी'मा उषा र बिक्रम

काठमाडौं ।  गायक निमा शेर्पाको स्वर रहेको  रेशमैको डोरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा टिकटकबाट चम्किएकी सुन्दरी मोडल उषा उप्रेती र  मोडल बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । 

गीतकार तथा संगीतकार सिएल शर्माका शब्द तथा संगीत सृजना रहेको गीतको भिडियोमा एक प्रेमील जोडीलेहाँशीखुशी एकसाथ जिन्दगी बिताउने विश्वास लिएको कुरालाई निर्देशक  बिक्रम चौहानले कलात्मक शैलीमा तयार पारेका छन् ।  

शाहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मन चौहानले गरेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.