कांग्रेस महाधिवेशन: स्थानीय तह र क्षेत्रीय अधिवेशनको कार्यतालिकामा हेरफेर

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह र क्षेत्रीय अधिवेशनको कार्यतालिकामा हेरफेर गरेको छ । बुधबार सिंहदरवारमा बसेको कांग्रेस पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

सो क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले दसैँअघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने सहमति जुटाएको बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

‘असोज ९ गते सबै स्थानीय तहको निर्वाचत गर्ने तालिका थियो । अब ९ गतेसम्म वडा अधिवेशन सकेर दसैँ अघि गाउँ र नगरअधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ,’ नेता पौडेलले भने । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.