‘मरे पछि’ गीत सार्वजनिक

काठमाडौं ।  र्‍यापर बिजेनले ‘मरे पछि’ नामको नयाँ गीत लिएर दर्शकसमक्ष आएका छन् । उनका ‘हस त नमस्ते,’ ‘लोकल सोकल’, ‘गाउँकी नानी’, ‘लिम्बु हो कि नेवार’ जस्ता गीत चर्चित छन् । सोही क्रममा उनले बुधबार मरेपछि गीत लिएर आएका हुन् । 

‘दोस्रो लकडाउन पछि म रमाउन सकेको थिइनँ । केही काम गर्नुपर्छ भनेर ‘मरे पछि’ गीत लेखेँ,’ उनले भने ।

बिजनेसले जीवनमा मानिस अनुशासनमा रहेर खुशी जीवन बिताउन सक्नुपर्छ भन्ने सन्देशका लागि यो गीत ल्याएको जानकारी दिए ।

भिडियाे :-

© 2021 Quicknepal.com  |  All Rights Reserved.