काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले द्वन्द्वकालमा माआोवादीले खोसेको जमिन भूमाफियासँग मिलेर माआोवादीले खाएको बताएका छन् । बुधबार पोखरामा अखिल क्रान्तिकारीको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै विप्लवले सो बताएका हुन् ।
देशमा दुई सय वर्षभन्दा लामो समय शासन गरेका पूर्वराजाको सम्पत्ति हुनु स्वाभाविक मान्न सकिए पनि सत्तामै पुगेको दुई वर्षमै नेताहरु अर्बपति भएकामा भने आश्चर्यचकित भएको बताए।
सो क्रममा उनले नेपालमा जनमत संग्रहको आवश्यकता रहेको बताए । अहिलेका कम्युनिस्ट जनताको चाहनाअनुसार चल्न नसकेको आरोप लगाए ।
उनले २०४६ सालको पुँजीवाद सत्ता आएसँगै शिक्षामा पनि विभेद आएको बताउँदै सत्तामा आउने जाने भए पनि जनताले अधिकार नपाएको बताए । ‘जनताको अधिकारका लागि जनमतसंग्रह नै एकमात्र विकल्प हो,’उनले भने ।