काठमाडौं। सरकारले ४० वर्ष उमेर समूहमाथिका नागरिकको पिसाब जाँच गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हसचिव डा. कृष्ण पौड्यालले बुधबार संसद शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सो जानकारी दिएका हुन् । ‘सरकारले देशका सबै वडामा गएर सरकारले पिसाब जाँच गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘४० वर्षमाथिका देशभरका नागरिकको पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रुपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्नेछ ।’
छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको जानकारी दिए। उनले भने, ‘मिर्गौला फेल भएकाहरुलाई डायलासिस गर्न प्रयाप्त मेसिन छैन । प्रत्येक जिल्लामा डायलासिस सेन्टर र प्रत्येक प्रदेशमा मिर्गौला प्रत्यारोपण अस्पताल बनाउन आवश्यक छ ।’