कांग्रेस महाधिवेशन : बलेफी गाउँपालिकामा माइन्युट च्यातियो 

काठमाडौं।  नेपाली कांग्रेस महाधिवेशनका क्रममा बलेफी गाउँपालिकामा माइन्युट च्यातिएको छ । बुधबार कांग्रेस महाधिवेशनका क्रममा महिला संघकी अध्यक्ष गीता नेपालले माइन्युट च्यातेकी हुन् । 

आफूलाई हराउन केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतले इकाइ सभापति कृष्णभक्त नेपाललाई प्रयाेग गरी विधानविपरीत कार्य गरेको नेपालको आरोप छ । विधानत: ५ बजेपछि निर्वाचन गर्न नमिल्ने भएपनि दबाब दिएर ५ बजेपछि निर्वाचन प्रक्रिसा सुरु गरिएकाले माइन्युट च्यातेको नेपालले बताइन् । 

नेपालले माइन्युट च्यातेपछि वडामा ६ बजेपछि पुन मतदान गरिएकाे थियो । नेपालले सिन्धुपाल्चोकलाई डडेलधुरा हुन नदिने बताएकी छिन् ।

म क्षेत्रीय प्रतिनिधि नआए केही हुन्न, तर पार्टीमा बस्नेतकाे नांगाे हस्तक्षेप स्विकार गर्न नसक्ने उनले बताइन् । ‘मेराे लडाइ विधि र प्रक्रियाविरुद्ध हाे,’ उनले भनिन्, ‘काेही व्यक्ति बलियाे हुन पार्टी कमजाेर पार्न दिन्नँ ।’ गीतालाई हराउन बस्नेतकाे निर्देशनमा अन्य दलकालाई समेत क्रियाशील बाँडिएको थियाे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.