काठमाडौं । प्रतिनिधिसभा बैठक आज दुई बजे बस्ने भएको छ ।
केही दिनअघि बजेट प्रतिस्थापन विधेयक पास गरी रोकिएको संसद बैठक आज २ बजे बस्न लागेको हो । आजको बैठकको कार्यसूची आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने छ ।
यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।
सभामुख अग्गिप्रसाद सापकोटाले नेकपा एमाले फुटाउन सहयोग गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको विरोध गर्दै आएको छ । नेकपा एमालले कारबाहीका लागि सिफारिस गरेका सांसदलाई कारबाही नगरी पार्टी फुटाउन सहयोग गरेको बताउँदै आएको छ। सापकोटाले विधि र पद्धतिभन्दा पनि आफ्नो र परको हेर्ने गरेको नेकपा एकालेको ठहर छ ।