सात होइन चार फेरामा मिसेस कपूर बनिन् आलिया भट्ट, जान्नुहोस् किन ?

एजेन्सी ।  विवाहको तस्विरसँगै रणवीर र आलियाको विवाहसँग जोडिएका धेरै जानकारी पनि बाहिर आईरहेका छन् । यसै क्रममा हालैको एक रिपोर्टमा अभिनेत्रीको विवाहसँग जोडिएको एउटा ठूलो खबर बाहिर आएको छ ।

रणवीर र आलियाका फ्यानहरूले उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेको क्षण आएको छ । अहिले सामाजिक सञ्जालमा रणबेलियाको विवाहका तस्विर र भिडियो भाइरल भइरहेका छन् । इन्टरनेटमा लगातार आइरहेका यी दुवैका तस्बिर र भिडियोलाई फ्यानले निकै रुचाइरहेका छन् । विवाहको तस्विरसँगै अब रणवीर र आलियाको विवाहसँग जोडिएका धेरै जानकारी पनि बाहिर आएका छन् ।

हालैको एक रिपोर्टमा अभिनेत्री आलिया भट्टका भाइ राहुल भट्टबाट प्राप्त जानकारीका अनुसार अभिनेत्रीले आफ्नो विवाहको क्रममा सात मात्र होइन चार पटक मात्रै फेरा लिएकी छिन् । एक वेबसाइटसँगको कुराकानीमा राहुलले एक विशेष पण्डितले रणवीर–आलियाको विवाह गरेको बताएका छन् । उनले भने, 'आलिया र रणवीरको विवाहमा एक विशेष पण्डित थिए, जो कपूर परिवारसँग धेरै वर्षदेखि जोडिएका थिए।'

बिहेमा चार फेरा मात्रै भएको बताउँदै राहुलले पण्डितले प्रत्येक राउण्डको महत्व बताएको बताए । 'एउटा फेरा धर्मको लागि हो र अर्को संतानको लागि । यो सबै निकै रोचक थियो। म यस्तो घरबाट आएको हुँ जहाँ सबै धर्मका मानिस छन् । रेकर्डका लागि सात फेरा होइन चार फेरा मात्रै  लिइएकाे हाे । यी चार फेरामा म त्यहाँ उपस्थित थिएँ।'

रणवीर–आलियाको विवाहपछि सबैजना उनीहरुको रिसेप्शनको प्रतिक्षामा थिए । अघिल्ला रिपोर्ट अनुसार, विवाह पछि, जोडीले अप्रिल 16 र 17 मा इंडस्ट्रीका साथीहरूका लागि दुई भव्य रिसेप्शन आयोजना गर्न लागेका थिए। तर हालै मिडियासँग कुरा गर्दै रणवीरकी आमा अभिनेत्री नीतु कपूरले कुनै किसिमको रिसेप्सन नहुने बताएकी छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.