सुनको मूल्य पाँच सयले घट्यो

 

काठमाडौं । सुनको मुल्य आज पाँच सयले घटेको छ । हिजो ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तेजाबी सुन हिजो प्रतितोला रु ८९ हजार ६५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी हिजो प्रतितोला रु एक हजार १६५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १५५ तोकिएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.