काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४६९१ जनामा गरिएको नमूना परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो । साे समयमा कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ३४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर ३५० जना सक्रिय संक्रमित रहेका छन् ।