नेकपा एसको जम्बो टोली

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी हेरफेर भएको छ । हेरफेरका आजै पदाधिकारीको संख्या फाइनल भएको नामावालीमा राजेन्द्र राईको नाम सचिवमा थप भएको हो । राजेन्द्र राईलाई पदाधिकारीमा नराखेको भन्दै असन्तुष्टि देखिएपछि पदाधिकारी हेरफेर गरिएको हो । 

मुकुन्द न्यौपाने पार्टीको तेस्रो वरियतामा रहनेछन् । अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि न्यौपानेलाई राख्ने सहमति जुटेको छ । त्यसैगरी, एस पार्टीमा उपाध्यक्षको संख्या ६ पुगेको छ । 

केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई सचिव प्रस्ताव गरिएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.