बेलायतले भारतीय खोपलाई दियो मान्यता

एजेन्सी । बेलायतले भारतमा निर्मित कोभिसिल्ड खोपलाई मान्यता दिएको छ । विदेशीलाई लक्षित गरी तयार पारिएको यात्रा निर्देशिकामा बेलायतले कोभिसिल्डलाई मान्यता दिएको जनाएको छ ।

तर, खोप लगाएका भारतीयले बेलायतको भ्रमण गर्दा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियमबारे भने केही खुलाइएको छैन । यसअघि बेलायत यात्रामा जाने हरेक भारतीय १० दिन अनिवार्य क्वारिन्टिनमा बस्नुपर्ने सो निर्देशिकामा उल्लेख थियो ।

कोभिसिल्डलाई बेलायतले मान्यता नदिँदा भारतमा त्यसको तीब्र विरोध भएको थियो । भारतमा ७२ करोडभन्दा बढीले कोभिड खोप लगाएका छन् । तीमध्ये धेरै भारतीयले कोभिसिल्ड लगाएका छन् ।

बेलायतको नियम विभेदकारी भएको गुनासो गर्दै भारतले पूर्ण खोप लगाएका आफ्ना नागरिकलाई क्वारेन्टिनमा बस्न बाध्य नपार्न माग गरेका थिए । ।

बेलायतले अझै पनि भारतलाई पूर्ण खोप लगाएको देशको सूचीमा भने राखेको छैन् । तसर्थ बेलायत जाने सबै भारतीयले त्यहाँ निर्वाध हिँड्डुल गर्न पछिल्लो पटक कोभिड परीक्षण गरेको प्रमाण पेस गर्नुपर्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.