काठमाडौं । पछिल्लो समय पुरानो गीतको कभर बनाउने चलन निकै नै लाेकप्रिय हुँदै गएकाे छ । कभर गीतको मोह पनि अहिले राम्रै चलिरहेको छ । कभर गीतकै क्रममा स्वर सम्राट नारायण गोपालको आवाजमा सजिएको लोकप्रिय गीत 'मलाई माफ गरिदेउ' को कभर गीत सार्वजनिक भएको छ।
लन्डनमा बस्दै आएका पन्जाबी गायक गेभी सिंहले 'मलाई माफ गरिदेउ' को कभर गाएका छन् । गीतको भिडियोलाई एम टि एस प्रोडक्सनले निर्माण गरेकाे छ भने उक्त गीत संसार ब्ल्गको यूट्युब च्यानलबाट रिलिज गरीएको छ।
लन्डनमै खिचिएको यो गीतको निर्देशन जि एस जोन्नीले गरेका हुन् । संसार ब्ल्गको मुख्य उद्देस्य बिदेशी र नेपाली सस्कृतीलाई समावेस गरि केही गराै भन्ने रहेको छ। त्यसैले संसार ब्ल्गले नेपाली नै बोल्न नजान्ने पन्जाबी गेभी सिंहलाई नेपाली गीत गाउन लगाएका हुन् ।
पन्जाबी गायक गेभी सिंहले ' मलाई माफ गरिदेउ'लाइ सरल ढंगमा राम्ररी गाएका छन्। गीतले अहिले राम्रै प्रतिकृया पाईरहेको छ।