विुधत् खरिद सम्झौता पीपीएमा पनि प्रतिस्पर्धा गरौँ: कुलमान घिसिङ

काठमाडौं। नेपाल विुद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खरिद प्रक्रिया पीपीएमा पनि प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।

संसद्को विधायन व्यवस्थापन समितिमा विद्युत् विधेयकमाथि छलफलमा घिसिङले घिसिङले विद्युत् खरिद सम्झौता पीपीएमा पनि प्रतिस्पर्धा हुनुपर्ने बताएका हुन् ।

घिसिङले उपभोक्तालाई सस्तोमा बिजुली दिनसक्ने अवस्था बनाउन भए पनि पीपीए दरमा प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले भने, हाल पीपीएमा प्रतिस्पर्धा भएको छैन । अब हुनुपर्छ ।’

पीपीएमा प्रतिस्पर्धा नहुँदा सस्तोमा उत्पादन भएको विद्युत् पनि महँगोमा खरिद गर्नुपरेको र राम्रा परियोजना अगाडि बढाउन नसकिएको भन्दै घिसिङले पीपीएमा प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.