काठमाडौं । स्थानीय तह निर्वाचनमा भागबण्डा मिलाउन सत्तागठबन्धनको बैठक आज पनि बस्दैछ । महानगर र उपमहानगरमा भागबण्डा मिले पनि नगरपालिका तथा गाउँपालिकामा अझै व्यापक किचलो भएपछि सत्तागठबन्धनको बैठक बस्न लागेको हो ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बताइएको छ ।
गठबनधनबीच महानगरपालिका र उपमहानगरपालिकाको बारेमा भागवण्डा सहमति भईसकेको छ । केही स्थानमा गठबन्धनबीच कुरा मिल्न नसेर विवाद उत्पन्न भएका छन् ।
गठबन्धनकै कारण केहीले पार्टीसमेत परित्याग गरेका छन् । भोलि उम्मेदवार मनोनयन दर्ता गर्ने दिन रहेको छ ।