एकीकृत समाजवादीको पोखरा महानगर प्रमुख पुरुष र हेटौंडामा उपमहानगर प्रमुख महिला 

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)ले पाएको पोखरा महानगरपालिका प्रमुखमा पुरुष र हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा महिला उम्मेवार छनोट गरेको छ । 

पार्टी महासचिव डा। बेदुराम भुसालका अनुसार पोखरा महानगरपालिकाको प्रमुखमा धनराज आचार्य र हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा मीना लामालाई एकीकृत समाजवादीले उम्मेदवार बनाउने भएको हो ।  उनीहरूले आजै मनोनयन दर्ता गर्ने भएका छन् । 

पाँच दलीय गठबन्धनबीच चुनावी तालमेलको क्रममा एकीकृत समाजवादीले एक महानगर र एक उपमहानगरपालिका पाएको थियो ।  सोहीअनुसार आज उम्मेदवार छनोट गरेको महासचिव भुसालले बताए । 

काठमाडौं महानगरपालिका उपप्रमुखमा रामेश्वर श्रेष्ठ, इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशवकुमार श्रेष्ठ र बुटवल उपमहानगरपालिका उपप्रमुखमा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरपालिका उपप्रमुखमा जोगबहादुर राना मगर उम्मेदवारमा छनोट भएका छन् ।

उनीहरूले पनि आजै मनोनयन दर्ता गर्ने भएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.