भरतपुरको मेयरमा प्रचण्डकी छोरी रेणु दाहालको उम्मेदवारी दर्ता

चितवन ।  चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले सोमबार अपरान्ह उम्मेद्बारी दर्ता गराएका हुन् । 

मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र  समर्थक कृष्णराज न्यौपाने ञलब्लीझ र उपमेयरको प्रस्तावक गोपिलाल देवकोटा समर्थक कृष्णराज न्यौपाने ञलब्लीझ रहेका छन् ।

भरतपुरमा माओवादीलाई मेयर र का‌ंग्रेसले उपमेयर पाएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर पनि हुन्

© 2021 Quicknepal.com  |  All Rights Reserved.