त्रिशूलीमा कार खस्दा तीनजना बेपत्ता

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार पृथ्वी राजमार्गको चितवनस्थित इच्छाकामना गाउँपालिका वडा नं. ५ नाग्दी खोलाबाट त्रिशुलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । राति साढे १२ बजेतिर पोखरा जाँदै गरेको कार अनियन्त्रित भई त्रिशुलीमा खसेको स्थानी प्रहरी प्रशासनले बताएका छन् ।

ग.२ च ४९१८ नम्बरको कार सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बेपत्ता हुनेमा कार चालक ५५ वर्षका प्रेम बहादुर भुजेल, ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन् । बेपत्ता सबै जना पोखरा महानगरपालिका वडा नं. १७ का हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.