म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरा ।  म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालि- ६ बांगेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सँगै सवार मालिक-२ का सन्तोष किसान घाइते छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.