सुनको मूल्य १२ सय रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार सुनको भाउ प्रतितोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको ९८ हजार रुपैयाँमा कायम भएको छापावाल सुनको भाउ शुक्रबार ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार चाँदीको भाउ भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.