हेटौँडा । हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ ।शुक्रवार तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको हो ।
भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लु भेटिएपछि प्राविधिकसहितको टोलीले कुखुरा, अण्डा र दाना नष्ट गरेको हो ।