८ हजार जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।

आयोगका अनुसार करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएका हुन् ।

अहिले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.