त्रिशूलीमा कार खस्यो

काठमाडौं। काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार बिहीबार राति चितवनको इच्छाकामना गाउँपालिका(५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो । कार नदीमा खस्दा एक जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।
ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीका अनुसार उद्धार गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

‌दुर्घटनामा पोखरा महानगरपालिका(७ का प्रेम भुजेल, लेखबहादुर भुजेल र ईश्वी भुजेल बेपत्ता छन् । उनीहरूको खोजबिन भइरहेका प्रहरीले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.