स्वर्गीय कमरेड गुजाईको सपना हामीले पुरा गर्नुपर्छः प्याकुरेल

सप्तरी ।  नेकपा (एमाले)पोलिट ब्युरो सदस्य सुमनराज प्याकुरेलले स्वर्गीय कमरेड गुजाई यादवको सपना आफुहरुले पुरा गर्नुपर्ने बताएका छन्। कम्युनिस्ट आन्दोलनका अथक योद्धा गुजाई यादवको ४३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्याकुरेलले यस्तो बताएका हुन्।

नेकपा (एमाले)अग्नि साइर कृष्ण संवरण गाउँ कमिटी ४ नम्बर वडाको आयोजनामा तत्कालीन किसान आन्दोलनको अग्रणी नेताको रुपमा स्थापित यादवको पैत्रिक गाउँ बनौलीमा हिजाे स्मृति सभा सम्पन्न भएको हो ।

गरिब सर्वहारा श्रमजीवी वर्गका हितमा आफ्नो जीवन समर्पित गरेका यादवले सामन्ती सत्ताको चरम यातना सहेर आन्दोलन अगाडि बढाएका थिए । जमिनदारको भकारी गरिब जनतामा बाड्ने यादव सच्चा कम्युनिस्टको रुपमा चिनिएका उनकाे सपना साकार पार्ने अभिभारा हाम्रो काँधमा रहेको नेता प्याकुरेलले बताए ।

स्वर्गीय यादवका छोरा जगदीश यादवको अध्यक्षता सम्पन्न भएकाे उक्त कार्यक्रमका प्रमुख आतिथि सुमनराज प्याकुरेल रहेका थिए ।

कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य राजाराम यादव,बोधराज सुवेदी,पालिका अध्यक्ष प्रत्याशी दिनानाथ चौधरी,वड अध्यक्ष प्रत्याशी बिनोद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.