काठमाडौं । सर्वोच्च अदालतमा संयुक्त इजलास तोकिएको छ । प्रधानन्यायाधीशविना संवैधानिक इजलास गठन हुन सक्छ वा सक्दैन भन्ने मुद्दाको सुनुवाइका लागि सो इजलास तोकिएको हो । इजलासमा न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोज कुमार शर्मा छन् ।
अधिवक्ता दीपकविक्रम मिश्र र डा.गणेश रेग्मीले दायर गरेका छुट्टा-छुट्टै रिटको सुनुवाइ हुने गरी सो इजलासमा पेसी तोकिएको हो । न्यायाधीश हरि फुँयालको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेसी तोक्न दिएको आदेश बमोजिम आज पेसी तोकिँदै छ ।
संवैधानिक परिषद्ले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवाद सिर्जना भएपपछि अदालतमा मुद्दा सिर्जना भएको थियो ।
सर्वोच्च अदालतले भने लिखित जवाफमा संविधानबमोजिम प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन नसक्ने र रिक्युजलको निर्णय न्यायाधीशको विवेकको कुरा भएको भनेको छ ।