समाज कल्याण परिषद्का कर्मचारीले दिए सामूहिक राजीनामा

काठमाडौं । समाज कल्याण परिषद्का पदाधिकारीले सामूहिक राजीनामा गरेका छन् । परिषद्मा काम गर्ने वातावरण नभएको र सरकारले हस्तक्षेप गरेको भन्दै कर्मचारीले प्रधानमन्त्री शेरबहादुरसमक्ष राजीनामा बुझाएक हुन् । 

सरकारले अनावश्यक हस्तक्षेप गर्ने र ह्यारेस्मेण्ट गर्न गर्ने गरेको समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पद्यप्रसाद खतिवडाले जानकारी दिए । ‘राजीनामा दिनुको कारण भनेको हामीलाई काम गर्न दिने वातावरण नै बन्द हुनु नै हो,’उनले भने ।’

उपाध्यक्ष खतिवडाका अनुसार प्रधानमन्त्रीका सचिवालयबाट आफूहरूलाई पटक पटक राजीनामा गर्न दबाब दिइएको र राजीनामा नदिए हटाउने तयारी भएको भन्दै धम्काउने गरिएको थियो । यसका अलावा खतिवडाले आफूहरुलाई विभिन्न बहाना बनाएर पटक-पटक दुख दिने गरेको बताए । कर्मचारीहरुले उपाध्यक्ष खतिवडाको राजीनामा माग पनि गरेका छन्।

राजीनामा दिने कर्मचारी एक वर्ष अघि प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.