पोखरा । पोखरामा अब कुकुर पाल्नका लागि महानगरपालिकामा दर्ता गराउउनुपर्ने भएको छ । बिहीबारबाट महानगरले पोखरा-८ मा अनुमतिपत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको छ ।
कुकुर पाल्ने, तर पछि छाडा छाड्ने तथा सार्वजनिक ठाउँमै दिसापिसाब गराउँदै हिँड्दा वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया सुरु गरेको पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।
‘कुकुर पालेर खुला बाटोमै दिसापिसाब गराउँदै हिँड्नाले वातावरणमात्रै होइन, मानव स्वास्थ्यमा पनि असर पर्यो,’ उपप्रमुख गुरुङले भनिन्, ‘सबै कुकुर महानगरमा दर्ता भएपछि रेबिजविरुद्धको खोप लगाउन पनि सजिलो हुन्छ। सहर पनि सफा हुन्छ ।’