जिम्बावे ‘ए’ सँग नेपाल ३ विकेटले पराजित

काठमाडौं । जिम्बावे ‘ए’ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३१.३ ओभरमा १ सय ३६ रन बनाए अलआउट भएको थियो । नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो ।

जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले सर्वाधिक ४८ रन बनाए । ४८ बलमा उनले चार चौका र एक छक्का प्रहार गरे ।

चेफास जुवावो २९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाएर आउट भए । राय किया १४ रन बनाएर पभेलिएन फर्किँदा ब्राड इभान्स १७ रनमा अविजित रहे । अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन् ।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

नेपालले जिम्बावे ‘ए’ सँग दोस्रो एकदिवसिय खेल सनिबार र तेस्रो सोमबार खेल्नेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.