राष्ट्र बैंकका गभर्नर अधिकारीलाई कोरोना पुष्टि


काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।गभर्नर अधिकाले कोरोना विरुद्धको खोप लगाएपनि उनलाई कोरोना सक्रमण देखिएको हो ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार कोरोना संक्रमण भएपछि गभर्नर अधिकारी घरमै होम आईशोलेशनम बसेका छन् ।हालको उनको स्वास्थ्य सामान्य रहेको निजि श्रोतले जनाएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.