सप्तरी । आफू जनताको मनमा रहेको जनताबाट आश्वासन पाएको भन्दै वडा अध्यक्षका उम्मेदवार समीर शेखले चुनाव जित्नेमा विश्वास्त रहेको बताएका छ्न्।
वेलफेयर कार्यबाट सयौं जनतालाई सुविधा पुर्याउने शमिर शेख सप्तरी जिल्लाको महादेवा गाउँपालिका वडा न.४ का वडा अध्यक्ष पदको उम्मेदवार हुन्। उनले नेकपा (एमाले)बाट टिकट पाएका छ्न्।चुनावी प्रचारप्रसार अन्तर्गत घर दैलो सकाएपछि भएको कुराकानीमा शेखले व्यापक जनताको भनाइमा मेरो आनिबानी र कार्यशैली मन पराएको बताउँछन् ।
साबिक डाढा गाउँ बिकास समिति (गा.बि.स.)लाई महादेवा गाउँपालिका अन्तर्गत ४ न. वडामा परिवर्तित गरेको छ। ३२ सय भन्दा बढी मतदाता रहेको रहेको यस वडामा गणतन्त्र स्थापना पछिको पहिलो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका जुगेश्वर साहले जितेका थिए । यसका प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का महेन्द्र साह र तत्कालीन संघीय समाजवादीका आसिन मियाँ रहेका थिए । स्थानीय तह निर्वाचन २०७९ मा प्रत्याशी साहका छोरा छन् भने मियाँ स्वतन्त्र उम्मेदवार हुन्।
महादेवा गाउँपालिकाको सो वडामा नेकपा(एमाले)बाट शेख, नेपाली कांग्रेसबाट जुगेश्वर साह,नेकपा (माओवादी केन्द्र)बाट राज नारायण साह, जनता समाजवादी पार्टीबाट अजुल हकिम, लोकतान्त्रिक समाजवादीबाट अमिश तिवारी र स्वतन्त्रको रुपमा आसिन मियाँ,मो.रहिश र हरेराम ठाकुर रहेका छ्न्।