झडपमा परि एमाले र कांग्रेसका कार्यकर्ता घाइते

काठमाडाैं । नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुबै पक्षका ५ जना घाइते भएका छन् ।

अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरमा वैशाख २३ गते राति भएकाे झडपमा परी एमाले कार्यकर्ता टिकाराम अधिकारी, सुमन परियार रसरोजकुमार मगर घाइते भएको एमाले सप्तरीले जनाएकाे छ । घाइते अधिकारीको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको अधिकारीका छोरा उज्जवलले जानकारी दिएका छन् ।

त्यस्तै कांग्रेसका कार्यकर्ताहरू मोहनपुरका धनबहादुर राई र महुली बजारका अतिफ वासिममाथि खुकुरी प्रहार गरी घाइते बनाएको कांग्रेस सप्तरीले जनाएको छ ।

सुकुम्बासी टोल पुगेका एमालेका कार्यकर्ता उज्वल अधिकारी र कांग्रेसका कार्यकर्ता धनबहादुर राईबीच सुरुमा वादविवाद बढेर झगडा भएको थियाे । झगडा बढेपछि राईले नेतालाई फोन गरेर बोलाए । महुली बजारबाट मोटरसाइकलमा पुगेका कांग्रेसका कार्यकताहरुले उज्जवललाई भेटेनन् । उज्जवललाई नभेटेपछि राति ११ बजे घर पत्ता लगाई सुतिरहेका उज्जवलको बुवा टिकालाई बाँसको टाउकोमा प्रहार गरेर घाइते बनाएको पीडितकी पत्नीले बताएकी छन् । 

राई र वासिमको कुम र कुहिनामा खुकुरीले काटिएर घाइते भएपछि उपचारका लागि विराट नर्सिङ होम विराटनगर भर्ना गरिएको छ । घाइते टिकारामकी श्रीमति सीताले समेत राईलगायत विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.