काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एकजना पक्राउ परेका छन् ।
हाल श्रीपेच निकाल्नेमाथि अनुसन्धान भइरहेको छ । श्रीपेच निकाल्न खोज्नेलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार बिहान अवलोकन गर्ने पुगेका पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए ।
सिसा फुटाउँदा उनको हात समेत काटिएको छ। उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ।
उनले संग्रहालयको श्रीपेच कक्षमा रहेको खुकुरीले सिसा फुटाउन खोजेका थिए । ‘म राजा बन्छु’ भन्दै सिसा फुटाएर श्रीपेच भएको स्थानमा जान लाग्दा सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका हुन् ।