संवैधानिक इजलाससम्बन्धी विवादको सुनुवाइ स्थगित

काठमाडौं । प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुने कि नहुने भन्ने विवादको सुनुवाइ स्थगित भएको छ । 

नेपाल बार एशोसियनले आधिकारिकरूपमा एमिकस क्यूरीको नाम नपउँदा सुनुवाइ स्थगित भएको हो । सुनुवाइ स्थगित हुनुको अर्को कारण सो मुद्दामाथि सुनुवाइ गर्न एमिकस क्युरीको बहस नसुनी आदेश दिन नमिल्नु हो ।  सो मुद्दा न्यायाधीश प्रकाश ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।  

संवैधानिक परिषद्ले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवादपछि यो प्रकरण अदालतमा मुद्दाका रूपमा छ । प्रधानन्यायाधीशले सो मुद्दाको सुरू र फैसलाको दिन आफू नबस्ने भनेको भन्दै उक्त निर्णय संविधानविपरीत भएको दावीसहित अधिवक्ता गणेश रेग्मीले रिट दर्ता गराएका थिए ।

प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्ने कि नबस्ने भन्ने मुद्दाको टुंगो लागेपछि मात्र संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइ अघि बढ्नेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.